२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा केटी भेट्न हिडेका युवकको हत्या



अ+ अ-

काठमाडौं । सप्तरीको राजविराजमा बुधबार एक युवकको हत्या भएको छ। केटी साथी भेट्न गएका सप्तरीको तिरहुत गाउँपालिका २ गोइठी घर भई राजविराज बसोबास गर्दै आएका २५ वर्षीय जयकृष्ण बिराजीको युवाको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर बिराजीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा बुधबार दिउँसो मृत्यु भएको मृतकका परिवारले बताए। सोमबार राति करिब १२ः३० बजे कुटपिटबाट घाइते भएको अवस्थामा बिराजीलाई राजविराज नगरपालिका ६ खर्साल टोलस्थित हरिनारायण शर्माको घर अगाडि सडकबाट प्रहरीले उद्धार गरेको थियो।

‘बिराजीले हाम्रै गाउँकी एक युवतीसँग प्रेम गर्थे। यो कुरा केही गाउँलेलाई थाहा थियो’, एक गाउँलेले नाम नभन्ने शर्तमा भने, ‘सोमबार मध्यरातमा केटीको घर अगाडि आएर फोन गर्न थालेपछि स्थानीय युवाले पिछा गरेछन्। लगातार फोन गरेको देखेपछि फोन खोस्न खोज्दा विवाद भएछ। त्यही सानो कारणले दुःखद् घटना भयो।’

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा बिराजीको मृत्यु भएको मृतकका बुवा उपेन्द्र यादवले जानकारी दिए। बिराजीलाई आफ्नो केटी साथी भेट्न गएको बेला सोमबार राति स्थानीय व्यक्तिले कुटपिट गरेको आशंका गरिएको छ।

बिराजी राजविराज नगरपालिका २ स्थित पिस जोन मोडेल स्कुलमा शिक्षक रही सोही स्कुलको होस्टल बार्डेनका रुपमा समेत कार्यरत थिए। राति करिब १२ बजे होस्टलबाट निक्लिएका बिराजी पैदल हिँडेर करिब तीन किलोमिटरको दुरीमा रहेको खर्साल टोल पुगेका थिए।, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।