५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : अन्तिम खेलमा मनाङले भारतको चेन्नाइन एफसीसँग खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी कप २०१९ अन्तर्गत समूह ई को अन्तिम खेलमा नेपालको लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दीले भारतको चेन्नाइन एफसीसँग खेल्दै छ ।

प्रतियोगिताबाट बाहिरिसकेको मनाङले अन्तिम खेलमा सुखद् नतिजा निकाल्ने दावी गरेको छ । यसैगरी चेन्नाइनलाई भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।

एन्फा मैदान ललितपुरमा बुधबार सवा चार बजे सुरु हुने खेलमा मनाङले पहिलो रोजाइका खेलाडीको नामावली सार्वजनिक गरेको छ । विराज महर्जनकोे कप्तानीमा खेल्ने टिममा गोल किपरमा विशाल श्रेष्ठ रहेका छन् । विराजसहित देवेन्द्र तामाङ, कमल श्रेष्ठ, साहिद अजिज डिफेन्डरको रुपमा रहेका छन् ।

मिल्डफिल्डमा विशाल राई, अभिषेक रिजाल, हेमन गुरुङ र सुजल श्रेष्ठ रहेका छन् । त्यस्तै फरवार्डमा सोमिडे एडेलजा र अफिज वलावले ओलाडिपो रहेका छन् ।

चेन्नाइन एफसीमा करणजीत सिंह, सिंङखाङ गेमबाम, एलिसविह फिलो, अनिरुध थापा, जेरी लालरिनजुलहा, मोहम्मद रफि, आइज्याक भानमल साओमा, मेल्सन भेरियटो (कप्तान), क्रिष्टोफर हर्ड, फ्रान्सिस्को फर्नान्डेज रेम सोचुङ अइमोल पहिलो रोजाइमा परेका छन् ।

यसअघि मनाङ बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको थियो भने मनाङले घरेलु मैदानमा पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।