२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्लिन फिड’ले अर्बौंको बजार बढाउने



अ+ अ-

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला ‘क्लिन फिड’ चर्चामा छ ।

टेलिभिजन च्यानल प्रसारण बन्द गरेका नेपाल केबल टेलिभिजन महासङ्घ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार क्लिन फिड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने दाबीसाथ साङ्केतिक रूपमा प्रसारण बन्द गरिएको जनाउँदै आएका छन् । तर, क्लिन फिड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकार अर्बौं रुपियाँले बढाउने र सरकारको राजस्व वृद्धि गर्न सहयोग पुग्ने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ ९१० अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ । त्यस्तै सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।