२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक सर्वसम्मतले फिर्ता



अ+ अ-

काठमाडौं । गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । राष्ट्रियसभाले सर्वसम्मतले विधेयक फिर्ता गरेको हो।

भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो ।

‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
उनले गुठी विधेयक फिर्ता भएपछि खारेजीको मागप्रति आश्चर्य व्यक्त गरिन्।

‘फिर्ता गरेर पुग्दैन भनेको सुन्दा अचम्म लाग्छ। जुन चिज थियो झिकेर लगियो। अब कुन चिज खारेजी गर्ने हो’, अर्यालले सोधिन्, ‘गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी हुन म आग्रह गर्दछु।’