५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको भ्यान दुर्घटना, १० जना घाइते



अ+ अ-

रौतहट । प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको जिप दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा ४ जना कैदी र ६ जना प्रहरी घाइते भएका छन् । जसमा दुई प्रहरी जवान अजय साह र सञ्जय कार्की गम्भीर घाइते भएका छन् भने अन्य दुई थुनुवा पनि गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार गम्भीर घाइते प्रहरी जवान र थुनुवालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।