५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पतालका चिकित्सक हडतालमा



अ+ अ-

महोत्तरी । जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन् । आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले बन्द गराएका उक्त अस्पताल पीडित, प्रशासन र चिकित्सकहरूबीच सहमतिपश्चात् सोमबार सञ्चालनमा ल्याइए पनि आज पुनः अस्पताल बन्द गराउँदै चिकित्सक हडतालमा उत्रेका हुन् ।

अस्पतालका प्रमुख डा राजीव झाले चिकित्सकहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनले सुरक्षाको व्यवस्था नमिलाउञ्जेल आकस्मिकबाहेक सबै सेवा ठप्प राख्ने निर्णयसहित आन्दोलनमा उत्रेका बताउनुभयो ।

उक्त अस्पतालका प्रमुख झासहित छ चिकित्सकले चलाउँदै आएका ओपिडी सेवा, ल्याब, एक्स–रे, औषधि वितरणलगायत सबै सेवा बन्द भएकाले सेवाग्राहीहरु मारमा परेका छन् । आन्दोलनरत् चिकित्सकहरु थप सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेकामा प्रशासनले थप सुरक्षाको प्रत्याभूति दिलाए पनि थप सुरक्षाको व्यवस्था नभएसम्म चिकित्सकहरू काममा नफर्किने र आकस्मिकबाहेक सबै सेवा बन्द रहने उहाँको भनाइ थियो ।