५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : उपाधिकाे दाबेदार इंग्ल्यान्डमाथि श्रीलंकाको सहज जित



अ+ अ-

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो ।

शुक्रबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो । तर सो लक्ष्य पुरा गर्न लागि परेको इंग्ल्यान्ड ४७ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो ।

बेन स्टोक्सको उत्कृष्ट ८२ रनमा अघि बढेको इंग्ल्यान्ड अन्य खेलाडीको फितलो प्रदर्शनका कारण हारमा समेटिन परेको हो । जेम्श भिन्स १४ रन, कप्तान इओन मोर्गन १८ मा आउट भए । श्रीलंका लागि लाथिस मलिङ्गाले ४, धनन्जय डी शिल्भाले ३, इसुरु उडाना २ र नुवान प्रदीपले १ रन लिए ।

यसअधि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक ८५, अबिष्का फर्नान्डो ४९ रनमा आउट भए ।इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३, मार्क उडले ३, आदिल राशिदले २ र क्रिस वोक्सले १ विकेट लिए ।