५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ हजार घुससहित अदालतका खरिदार पक्राउ



अ+ अ-

काठमाडौं । जिल्ला अदालत कलैयाका खरिदा सुनिल चौधरी पक्राउ परेका छन् ।

अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न १८ हजार घुस रकम लिएको आरोपमा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया–४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।