५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगिरहेको अवस्थामा युवा नेता पुष्करको शव भेटियो



अ+ अ-

डोटी– गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।

आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । पैँतालिस वर्षीय सिंह बेपत्ता भए पछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाकका नेता तथा कार्यकर्ता र स्थानीयवासी उहाँको खोजीमा लागे पनि फेला पर्न सकेका थिएन् ।

शुक्रबार बिहान शिखर नगरपालिकामा–१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता लालबहादुर धामीले जानकारी दिए । उनले भने, ‘सालमुनी मन्दिर नजिक शव बगिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि हामीलाई खबर गरेपछि हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ, मृतक सिंहका घरपरिवारसँग खबर गर्दैछौँ ।’ अहिले प्रहरी, नेकपाका नेता तथा स्थानीयवासीहरु शव फेला परेको स्थानमा पुगिसकेका छन् ।

परिवारिक सल्लाह पश्चात सिंहको अन्त्यष्टि गरिने विषयमा सल्लाह भईरहेको नेकपाका जिल्ला अध्यक्ष भक्तबहादुर मल्लले जानकारी दिए । त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन । उनको शव खोजीका लागि स्थानीय प्रहरी प्रशासन अहिलेसम्म लागि परेपनि फेला पार्न नसकेको उक्त कार्यालयले जनाएको छ ।