५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

“हामीले पाँच-छ हजार वर्ष पहिलेका मूर्तीहरु हेर्यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन्”



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकालदेखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । “हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तीहरु हे¥यौँ भने पनि योगका विभिन्न आशनमा देखिन्छन्,” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’

अहिले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शिक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको प्रवचन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीव सिंह पुरीसमेत अतिथिका रुमपा सहभागी थिए ।