५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँग्रेसले गुठी विधेयकको विरोध गर्न लगाएर किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गर्यो’



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरीले नेपाली काँग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर काँग्रेसले किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी पनि गरिन् ।

उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठुलो ठेस पुगेको दावी समेत गरिन् ।


‘गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै खुल्ला मैदानबाट लाखौ गुठी पीडित भूमिहिन किसान भन्दै थिए ‘‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।’’