२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, खारेजीकै माग



अ+ अ-

काठमाडौं । विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ ।

चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट पूर्वनिर्धारित कार्यक्रमअनुसार विशाल खबरदारी सभा गरिएको हो । माइतीघर मण्डलामा आयोजना गरिएको खबरदारी सभामा दोस्रो जनआन्दोलनको झल्को दिने गरी मानव सागर ओर्लिएको थियो । काठमाडौं उपत्यकाका चोक चोक र गल्ली गल्लीबाट स्वतःस्र्फूत रूपमा खबरदारी सभामा स्थानीय सहभागी भएका थिए ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा सभा आयोजना गरिएको हो । सुरुमा विरोध सभा आह्वान गरिएकोमा सरकारले तत्कालका लागि गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपछि खबरदारी सभाका रुपमा परिणत गरिएको थियो । सभालाई सम्बोधन गर्दै समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारकै हठका कारण आन्दोलन गर्नुपरेको बताए ।

जनताले पहिचानका लागि लड्ने समय आएको बताउँदै उनले गुठी सञ्चालन गरेर जात्रा, पर्व र परम्परालाई जीवन्तता दिने गुठियारलाई हटाएर सरकारले धर्म, संस्कृति र परम्परा मास्न खोजेको आरोप लगाए । उनले भने, ‘गुठियार सम्पदा हुन्, सरकारले बालुवाटारको जग्गा बेच्यो, अब गुठीमा आँखा लगाएको छ । यो तीन करोड नेपालीको मुद्दा हो, नेवार समुदाय मात्रको होइन ।’

उनले आन्दोलनबाट सरकार तर्सिएको दाबी गर्दै विरोधको कार्यक्रमलाई परिमार्जन गर्दै खबरदारी सभाका रूपमा फरक ढंगले आयोजना गरिएको जानकारी दिए । उपत्यकाव्यापी सडक संघर्ष समितिका अध्यक्ष सुमन सायमीले विधेयकमा गुठियारको अधिकार सुनिश्चित गर्नुपर्ने, संस्कृति र सम्पदाको रक्षा गर्ने गरी विधेयक आउनुपर्ने धारणा राखे ।

सायमीले भने, ‘सम्पदा र संस्कृति मास्न सडक विस्तारको समयदेखि नै दुष्प्रयास भएको थियो । जबसम्म गुठियारको अधिकार सुनिश्चित हुने र संस्कृति तथा सम्पदाको रक्षा गर्ने गरी विधेयकमा सुनिश्चितता हुँदैन, त्यस बेलासम्म हाम्रो आन्दोलन रोकिनेछैन ।’

सभालाई सम्बोधन गर्ने अधिकांश वक्ताले सरकारले माफिया र पश्चिमाको हितअनुकूलको विधेयक ल्याएको भन्दै विरोध जनाएका थिए । उनीहरुले जनभावनाविपरीतका अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, गुठीलाई सामन्तवादका रूपमा उल्लेख गरेको भन्दै सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र अभियन्तामाथि दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतको राजीनामा माग गरका थिए । अबको आन्दोलनका कार्यक्रम शान्तिपूर्ण र सरकारलाई खबरदारी गर्नमा केन्द्रित हुने उनीहरुको भनाइ रहेको राजधानी दैनिकले समाचार प्रकाशित छ ।