२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवालाई जोशीले दिए काउन्टर, के गर्लान देउवा ?



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताउनुभएको हो ।

नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख गर्नुभयो । “अधिकार सम्पन्न स्थानीय तह हुनुपर्ने आवाज उठाउने आचार्य मुलुकलाई विकेन्द्रीकरणको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । गुठी विधेयक फिर्ताभन्दा पनि खारेज हुुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले तारकेश्वर क्षेत्रको विकासका लागि स्व आचार्यको त्याग, समर्पण तथा योगदान महत्वपूर्ण रहेको बताउनुभयो । “हामी फरक पार्टीमा भए पनि जनताको सेवा गर्नेमा आचार्य अत्यन्त चिन्तित हुनुहुन्थ्यो, उहाँको जीवनबाट सबै पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले स्व आचार्यजस्ता हजारौँ नेता तथा कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालले स्व आचार्य घरपरिवारभन्दा बाहिर निस्किएर समाज र देशको निर्माणमा लाग्ने नेता भएको बताउनुभयो । आचार्यको २०७५ साल असार ४ गते हृदयाघातका कारण ६१ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेविसङ्घका नेता सुशान्त आचार्यले जानकारी दिनुभयो ।




भर्खरै