२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशवाट ल्याएका मोबाइल फोन नचल्ने



अ+ अ-

काठमाडौं । अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ।

योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएको छ ।प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।