२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अच्चमका प्रधानमन्त्री !, मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट थाहा पाएँ



अ+ अ-

काठमाडौं । गुठियारहरूको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।

उनले विधेयक फिर्ताको घोषणा गरिएको दुईबुँदे विज्ञप्ति पढेर सुनाएकी थिइन् । जनस्तरमा विभिन्न भ्रम छर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै सम्बन्धित सरोकारवाला निकायसँग थप छलफल र परामर्श गर्न आवश्यक रहेकाले विधेयक फिर्ता लिएको उनले बताइन् ।

दोहोरो संवाद नगरेकी मन्त्री अर्यालले पत्रकार सम्मेलन पाँच मिनेटमै सकाएकी थिइन् । युरोप भ्रमण गरेर आइतबार फर्किएका प्रधानमन्त्री केपी ओली मन्त्री अर्यालसँगै पार्टीका नेता र सांसदसँगको परामर्शपछि विधेयक फिर्ता गर्ने निर्णयमा पुगेका थिए ।

गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले मंगलबार संसद्मै बोल्न चाहेका थिए । तर, कांग्रेसको विरोधपछि बोल्न नपाएका उनले साँझ पत्रकार सम्मेलन गरेर धारणा राखेका छन् ।

मन्त्री अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेको एक घन्टापछि सिंहदरबारस्थित सरकारी कार्यालयमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले भने, ‘भर्खरै माननीय भूमि व्यवस्थामन्त्रीले सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नुपर्ने, विज्ञहरूका पनि राय लिनुपर्ने देखिएको र भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र विरोधीशक्ति घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरू चलमलाउन थालेको देखेपछि विधेयक फिर्ता लिनुभयो भन्ने मैले सञ्चारमाध्यमबाट थाहा पाएँ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।