५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० वर्षपछि टोटीले छाडे रोमा



अ+ अ-

काठमाडौं । इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले क्लब छाडेका छन् ।क्लबका अध्यक्ष जेम्स पालोटासँगको उनको सम्बन्ध पछिल्लो समय बिग्रिएका कारण उनले क्लब छाडेको जनाइएको छ ।

पछिल्लो हप्ता भने पालोटाले टोटीलाई क्लबको टेक्निकल डाइरेक्टरका रुपमा रहन आग्रह गरेका थिए ।

सिरी ए मा भर्खरै सकिएको सिजन रोमा छैठौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा समेत स्थान बनाउन असमर्थ रह्यो । यसले पनि टोटीको क्लब छाड्ने निर्णयमा बल पुगेको छ ।

‘मैले रोमाबाट राजीनामा दिएको छु । यस्तो दिन अब कहिल्यै नआओस भन्ने आशा छ । मैले कहिल्यै राम्ररी काम गर्ने अवसर नै पाइनँ’ राजीनामा बारेको पत्रकार सम्मेलनमा ४२ वर्षका उनले भनेका छन् ।

‘हरेक कुराभन्दा ठूलो रोमा हो । खेलाडी आउँछन् जान्छन्, प्रशिक्षक आउँछन् जान्छन्, व्यवस्थापक आउँछन् जान्छन् तर क्लब कहिँ जाँदैन । यो रंग यो उत्साह कहिँ जाँदैन’ भावुक हुँदै उनले भने ।

१९९८ मा युवा खेलाडीका रुपमा रोमा आएका टोटीले १९९३ मा १६ वर्षको उमेरमा सिनियर टिमबाट डेब्यू गरेका थिए । टोटी २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए । उनले ७८५ खेलमा ३०७ गोल गरे । जसमा २००१ मा जितेको सिरी ए उनको महत्वपूर्ण उपलब्धी हो । त्यस्तै उनले दुईपटक कोपा इटालियाको उपाधि पनि जितेका छन् ।

इटाली राष्ट्रिय टिमबाट विश्वकप समेत जितेका टोटीले राष्ट्रिय टिममा ५८ खेल खेलेका छन् । जसमा ९ गोल गरेका छन् ।