५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा जीप दुर्घटनामा परी घाइते भएकाको हेलिकप्टरबाट उद्धार



अ+ अ-
प्रतिकात्मक तस्वीर

दैलेख। ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटना ४ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेमध्ये ठाटीकाँध गाउँपालिका(४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको प्रहरीले जनाएको छ ।