५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : युनिभर्सल बोस क्रिस गेल शून्य रनमै आउट !



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजका क्रिस गेल शून्य रनमै आउट भएका छन् ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि वेष्ट इन्डिजले ब्याटिङको निम्तो पाएको थियो । ओपनरको रुपमा आएका गेल १३ बल खेल्दै शून्य रनमै आउट भएका हुन् । उनि मोहम्मद सइफुदिनको बलमा मुश्फिक्यर रहिमको हातबाट क्याच आउट भएका हुन् ।

यो समाचार तयार पर्दासम्म वेष्ट इन्डिज २२.५ ओभर सकिदा १०० रन बनाएको छ।

दुवै टोलीले आज विश्वकपमा पाँचौं खेल खेल्दैछन् । दुवैले तीन तीन अंक बनाएका छन् । वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र बंगलादेश आठौं स्थानमा छ । यी दुवै टोलीले एक एक खेल जितेका छन् । एक एक खेलमा हार खेपेका दुवै टोलीको एक एक खेल बर्षाका कारण रद्ध भएको थियो ।

विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको इतिहास निकै लामो र गौरवशाली छ भने बंगलादेशको विश्वकपमा यो केवल छैटौं सहभागिता हो।

वेस्ट इन्डिजले सन् १९७५ र सन् १९७९ मा विश्वकपको उपाधि जितिसकेको छ। इङ्ल्यान्डले भने हालसम्म विश्वकप जित्न सकेको छैन। वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो । छैटौं पटक विश्वकपमा सहभागिता जनाई रहेको बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन ।बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

यी दुई टोली हालसम्म एकदिवसीय क्रिकेटमा ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ। दुई खेल भने अनिर्णित रूपमा सकिएको छ।

जासन होल्डरको कप्तानीमा रहेको वेस्ट इन्डिज र मसरफे मोर्तजाको कप्तानीमा रहेको बंगलादेशको स्तर समान छ । त्यसैले अघिल्लो चरणमा पुग्न आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन मिराज, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmक्यर रहिम, मुस्ताफिजुर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, ओशेन थोमस, स्यानन गाबि्रयल ।