५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी



अ+ अ-

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ ।

भातरीय एनटीपीसी लिमिटेड र गुजरात स्टेट इलेक्ट्रिसिटी कर्पोरेसन (जीसेल) बाट भेलले करिब आठ सय करोड भारतीय रुपैयाँका दुई परियोजना सञ्चालन गर्नेछ ।

एनटीपीसीले तेलंगानाको रामागुन्डाममा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्दैछ । जीसेलले पनि गुजरातको बानसकन्थ जिल्लामा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्नेछ । यी दुबै प्लान्ट भेलले स्थापना गर्नेछ ।

भेलले इन्जिनियरिङ, खरिद र निर्माणका कार्यहरु गर्नेछ । भेलले लक्षद्विप समेत देशका अन्य भेगमा गरी ५०० मेगावाटभन्दा बढीका सौर्य ऊर्जाका प्लान्ट स्थापना र सञ्चालन गरिआएको छ ।

भेलले जारी गरेको विज्ञप्तिमा मुलुकमा हरित ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरेको छ ।