काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जगजितले खेलको ३६ औं मिनेटमा गोल गर्दै आर्मीलाई २–० को जित दिलाए ।
जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
यता, च्यासल ४ खेलमा ४ अंकसहित नवौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका जगजित श्रेष्ठ चुनिए ।












