५ असार २०८३, शुक्रबार
,
Latest
रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित भएन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विमान युरोपियन आकाशमा उडने बताएका छन् ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उडाउन लगाएको प्रतिबन्ध हटाउन आफूले पहल गरेको बताए । उनले यसअघि डाबोस गएका बेला पनि स्वीटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेको स्मरण गरे ।

उनले भने, फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित हुँदैन, ‘हाम्रा जहाजहरु युरोपियन आकाशमा उड्नेछन् ।

लोक सेवा आयोगको विज्ञापनबारे अहिल्यै केही नबोलौं

लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भने।

वाइड बडी अनियमितताबारेमा पनि नबोलौं


प्रधानमन्त्री ओलीले वाइड बडी जहाज खरिदमा भएको अनियमितताबारे छानबिन भइराखेकोले अहिल्यै केही नबोल्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’

उनले दोषीमाथि कारबाही हुने बताए।‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’