२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित भएकै कारण हिँड्ने बाटोमा पाँच फिटको पर्खाल



अ+ अ-

काठमाडौं । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।

दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् ।

बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।