५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप : इङ्ल्यान्डद्वारा वेस्ट इन्डिज पराजित, रुटको शतकीय पारी



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप आयोजक इङ्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा आयोजक इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा जोय रुटले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । उनले शतकीय पाली खेलेक थिए । रुटले अविजित एक सय रन बनाए । जोनी बेयरस्टले ४५, क्रिस वाक्सले ४० र बेन स्टोक्सले १० रन बनाए । वेस्ट इन्डिजका सानन् गाब्रियलले दुई विकेट लिएका थिए ।

यसअघि रोज बल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४४.४ ओभर सवै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले अर्धशतकीय पाली खेले । उनले ६३ रन बनाए । सिम्रन हेटमायरले ३९, प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस बेथवेटले १४ र साइ होपले ११ रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीन तीन विकेट लिए । जोय रुटले दुई तथा क्रिस वाक्स र लियाम प्लुनकेटले एक एक विकेट झारेका थिए । यस जितसँगै इङ्ल्यान्डले चार खेलबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको वेस्ट इन्डिजको समान खेलबाट तीन अंक छ ।

आजको खेल
दक्षिण अफ्रिका र अफगानिस्तान

शनिबार नेपाली समयानुसार साँझ ६ः१५