५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमसल र गुणस्तरहीन समान बेच्ने सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना



अ+ अ-

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना तिराएको छ ।

घोराहीमा उत्पादित सिमेन्ट उद्योगका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐनअन्तर्गत ७ लाख जरिवाना लिइएको हो ।

उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख, निर्देशक सञ्जय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २ लाख जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए ।

नेपाल गुणस्तर तथा नाप तौल विभाग, बालाजु काठमाडौंबाट गएको टोलिले उक्त सिमेन्टमा गुणस्तर नभएको प्रमाणित गरेको थियो । गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको प्रशासनले जनाएको छ ।

सिमेन्ट ल्याब रिर्पोटबाट गुणस्तर नभएको प्रमाणित भई आएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको थियो ।

करिब छ महिनाअघि जिल्ला प्रशासन कार्यालयले उद्योगका सञ्चालकलाई २३ लाख धरौटी लिई तारेखमा छाडेको थियो ।


यस्तै करिब ८ महिनाअघि सगरमाथा सिमेन्ट कमसल र गुणस्तर देखिएपछि जिल्लास्थित विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय, बर्दियाले उर्द्दी जारी गरेको थियो ।

नेपाल सरकारबाट गुणस्तर चिह्न प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट लेखिएको उक्त सिमेन्ट विजय ट्रेडर्सबाट वितरण हुँदै आएको छ ।