५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीको शान्ति प्रक्रिया नयाँ चरणमा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माली सरकारले सन् २०१२ यता निकै संवेदनशील परिस्थितिको सामना गरेको भएपनि मुलुकको स्थायित्वका लागि निरन्तर पहल गरेको छ । यसबीचमा एउटा सैनिक विद्रोह, सरकारी फौज र टुआरेज विद्रोहीबीच सशस्त्र संघर्ष पुनः आरम्भ तथा उत्तरी ठूलो भूभागमा अतिवादीहरुले कब्जा गर्नेजस्ता ठूला घटना भएको थिए ।


तर गत अप्रिल २२ मा प्रधानमन्त्री बोबु सिस्सेको चयनसँगै प्रमुख दल र विपक्षी दलबीच सम्झौता तथा विभिन्न पक्ष सम्मिलित सर्वपक्षीय सरकारको निर्माणले मुलुकको शान्ति प्रक्रियालाई नयाँ चरणमा प्रवेश गराएको छ ।

उत्तरी मालीमा विकास क्षेत्रको गठन समेतका राजनीतिक र संस्थागत सुधार गरिएको बताउँदै अन्नाडिफले शान्ति सम्झौताको मुख्य उद्देश्यका रुपमा रहेको जनतालाई आधारभूत सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धता पूरा हुनेक्रममा रहेको जानकारी दिनुभयो ।

मालीका लागि राष्ट्रसंघीय शान्ति मिसनको समेत नेतृत्व गर्नुभएका अन्नाडिफले राजनीतिक विषयमा सहमति भए पनि मुलुकको सुरक्षा व्यवस्थामा सुधार नै प्रमुख पक्ष रहेको बताउनुभयो ।
मालीका कतिपय भित्री इलाकामा गाउँलेमाथि शृङ्खलाबद्ध आमहत्याका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।

राष्ट्रसंघीय मिसनलाई पनि जातीय र आतङ्ककारी हमलाकारीबाट स्थानीयवासीलाई जोगाउन हम्मेहम्मे परेको छ । अन्नाडिफले शान्ति मिसनको कार्यादेशलाई विस्तार गर्न सुरक्षा परिषद समक्ष आग्रह गर्नुभएको छ ।