५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक निरन्तर ओरालो



अ+ अ-

काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड आठ हजार ५९२ बरारबको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ४६ लाख ४२ हजार ५६०, प्रभु बैंक रु दुई करोड ३३ लाख छ हजार ६१४, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ७४ लाख, नेपाल बैंक लिमिटेड रु एक करोड ५९ लाख ६३ हजार ५४७, एनआइसी एसिया बैंक रु एक करोड ४३ लाख ६६ हजार ५११ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ३१ लाख चार हजार ४०५ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए ।

प्रुडेन्सिलय इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.६८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी ३.५० र मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सो कम्पनीले शेयरधनीलाई १५.४८ प्रतिशत शेयर लाभांश दिएलगत्तै प्रतिकित्ता रु ४७१ मा मूल्य समयोजन गरिएको हो । सो कम्पनीको औसत आधार मूल्य रु ७४७ रहेको छ ।