५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरलान्ड मेन्डीलाई पनि रियलले अनुबन्ध गर्यो, ६ वर्षका लागि खेल्ने



अ+ अ-

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले फ्रेन्च क्लब लियोनका डिफेन्डरमा फेरलान्ड मेन्डीलाई अनुबन्ध गरेको छ ।रियलले बुधबार लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो ।

फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् ।

यसअघि चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका बेल्जियमका फरवार्ड इडेन हाजार्डलाई रियलले अनुबन्ध गरेको थियो । हजार्ड म्याड्रिडमा ५ वर्षका लागि अनुबन्ध भएको स्पेनीस मिडियाहरुले जनाएका छन् । हजार्डलाई भित्र्याउन मड्रिडले ८८ मिलियन पाउण्ड तिरेर छ ।

त्यस्तै फ्यांकफटबाट ५ करोड ३० लाखमा लुका योभिचलाई अनुबन्ध गरेको थियो ।

पूर्व पेरिस सेन्ट जर्मनका खेलाडी रहेका मेन्डीले लियोनका लागि गत वर्ष च्याम्पियन्स लिगका सबै खेलसहित ७९ खेल खेलेका थिए।