५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दै, कसको पल्ला भारी ?



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता भारत पनि यसअघिको दुई खेलमा विजयी बनेको छ ।

न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। त्यसै गरी दोस्रो खेलमा दुई विकेटले बंगलादेशलाई पराजित गरेको थियो । भने तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

त्यस्तै भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित बनाएको थियो

यसअघि विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेट भएको थियो । त्यो खेलमा भने भारतको ब्याटिङ लाइन ध्वस्त नै भएको थियो । ३९।२ ओभरमा भारतले सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाउन सकेको थियो । सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । त्यही नतिजालाई दोहो¥याउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ । भारतभने त्यसको बदला लिन चाहन्छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लोकी फर्गुसन र इश सोधी ।