५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवाः आन्दोलन चर्कदै : कीर्तिपुरमा गुठीसम्बन्धी विधेयक जलाइयो, बसन्तपुरमा मैनवत्ति जुलुस



अ+ अ-

काठमाडौं । सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकविरूद्ध काठमाडौंबाट सुरू आन्दोलनले तीव्रता लिन थालेको छ। विधेयकको विरोधमा कीर्तिपुरका स्थानीयले बुधबार साँझ प्रदर्शन गरेका छन् ।

कीर्तिपुरमा आयोजित शान्तिपूर्ण विरोध जुलुस नगाउँ दोबाटोबाट सुरु भई खासिबजार, बाघभैरव, तननि हुँदै लोकतन्त्र चोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालगत्तै सहभागीहरूले प्रस्तावित गुठीसम्बन्धी विधेयक जलाएका थिए।

विरोध प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता अनिश वैद्यले विधेयक जस्ताको तस्तै पारित भए नेवार समुदायको धर्म, संस्कृति, जात्रा र चाडपर्व मासिने बताए।

गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस

यता गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस निकालेका छन् ।

बसन्तपुर क्षेत्रमा भएको प्रदर्शनमा सहभागीहरुले एक हातमा मैनवत्ति बोकेका थिए भने अर्को हातमा ‘गुठी रहे जात्रा रहन्छ’, गुठीको जग्गा लुट्न पाइँदैन’, धर्म संस्कृति मास्न पाइँदैन’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन्।