५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज यात्रीको नाममा पनि भ्रष्टचार !



अ+ अ-

काठमाडौं । हज गर्न साउदी अरबमा जाने मुस्लिम धर्मावलम्बीहरूलाई आउनजानको लागि हवाई टिकट लगायत बिभिन्न शिर्षकमा ठगेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्धा हालेको छ ।

आयोगले नेपाल हज समितिको सचिवालयले रकममा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जनाविरुद्ध मुद्धा दायर गरेको हो ।

सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका हवाई टिकट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४।०२ मा आब्हान गरेको बोलपत्रमा युनिभर्सल ट्राभलले ८८ हजार ९९५, हिनाले ९० हजार र सिलिंक ट्राभलले ९५ हजार ३०० रूपैयाँ तिर्थयात्री लैजाने कबोल गरेको थियो । तर सबैभन्दा कम रुपैयाँ कबोल गर्नलाई छाडेर बढी कबोल गर्नेसँग हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको पाइइएको छ ।

हज कार्यसम्पादन उपसमिति गठन गरी सोही हज कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले बोलपत्र स्वीकृत गर्ने कार्यमा एकलौटी ढंगले निर्णय गरी हज सचिवालयका सदस्य–सचिव तथा लेखापालसँग समेतले आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै रायसल्लाहसमेत नलिई हिना ट्राभल्सको बोलपत्र स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ,मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।