७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्न अध्यक्ष यादवको प्रस्ताव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘लोकतन्त्रका लागि फेरि जनताले आन्दोलन नगर्न संधिवानलाई अविलम्ब्न संशोधन गर्नुपर्छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ ।’ उनले अगाडी भने ‘शासकीय पद्धतिलाई व्यवहारमा नै समावेशी र संघीय लोकतन्त्रात्मक बनाएर मात्रै राज्यका सबै निकायहरूलाई जनताको सेवामा समर्पित हुने संस्कृति हुर्काउन सकिन्छ । नेपाली जनतामा व्यप्त रहेका असमानता, गरिबी, बेरोजगारी र अशिक्षालाई अन्त्य गर्दै अघि बढ्नुपर्छ ।’