५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक पुनः ओरालो



अ+ अ-

काठमाडौं– मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ ।

व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे ।

स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर रु सात करोड १२ लाख ६२ हजार २२२ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यसैगरी शिवम् सिमेन्ट रु चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड रु दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रु एक करोड ५९ लाख १० हजार ६५९ र एनआइसी एशिया बैंकको रु एक करोड ५३ लाख ९० हजार ९५५ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५/५, खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३.५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७.०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६.९७, कर्णाली विकास बैंक ६.४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६.३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६.३४ प्रशितले गुमाए ।