७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालीकासँग भागवण्डा गरेर शासन संञ्चालन भयो: सीपी मैनाली



अ+ अ-

काठमाडौँ ।  नेकपा (माले) को महासचिवमा सीपी मैनाली वर्तमान सरकारले न्यायापालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको आरोप लगाउनु भएकाे छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिदैँ महासचिव मैनालीले कार्यकारीसँग भागबण्डा गरेर न्यायपालिकाले दिने न्याय कति निस्पक्ष होला भन्ने प्रश्न उठेको बताउनु भयो  ।

उहाँले भन्नुभयो,  'राज्यका प्रमुख निकायहरु निकम्मा बन्दै गएका छन्, न्यायलयमा रमिता भएको छ, संसद चलेको छैन सरकार साँठगाठमा छ, यस्तो बेला बैदेशीक हस्ताक्षेप बढेको छ ।' उहाँले भन्नुभयो, ‘सभामुख जघन्य मुद्दामा फस्नुभएको छ । प्रमुख प्रतिपक्ष सभामुखले न्याय दिएनन् भनेर अवरोध गरिरहेको छ । कारण ठीकै हो । कारबाही गर्ने ठाउँछ । त्यो सम्वन्धित पार्टीको कुरा हो । तर, संसदीय व्यवस्था गतिरोधमा फस्नु चिन्ताको विषय हो ।’

उहाँले राजनीतिक परिवर्तन पछि निरन्तर वैदेशीक हस्ताक्षेप बढेको बताउनुभयो । उहाँले भ्रष्ट्राचार बढेको भन्दै संघीयताको बारेमा पनि समिक्षा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो , ‘२००७ सालदेखि नेपाली कांग्रेस त्यसको अगुवा थियो । विपी कोइरालाको अगुवाईमा प्रजातान्त्रिकरण सुरु गर्यौँ । तर हामीले अहिले भुल्यौँ । २०४६ सालमा परिवर्तन ल्याएपनि बाह्य हस्तक्षेप र प्रभावले हामीलाई छोडेन । राष्ट्यिता प्रति हाम्रो संगठित ध्यान किन नगएको ?'