
काठमाडौं । वैदेशिक रोजगार विभागले १२ वटा क्षेत्रमा काम गर्न जाने कामदारलाई सीप परीक्षणपछि मात्रै श्रम स्वीकृति दिने भएको छ ।
हाउस वायरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ, क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट, टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारलाई त्यसको सूचीमा राखेको छ ।
असार १५ गतेबाट यसलाई कार्यान्वयमा लैजाने विभागले जनाएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमुलक सीप विकास तालिम सञ्चालन कार्यविधि स्वीकृत गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।












