काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षको बैठक बिनानिष्कर्ष सकिएको छ ।
पदाधिकारीको टुंगो लगाउन भनी अनौपचारिकरुपमा बसेको नेताहरुको भेला पदाधिकारीहरूको टुंगो नलगाई उठेको हो ।
एक नेताका अनुसार आजको बैठकमा पदाधिकारीमा दाबी गर्ने नेताहरूले आफ्नो अडान कायमै राखेकाले बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
महाधिवेशन उद्घाटन सत्रमा नेताहरू जानुपर्ने भएपछि संस्थापन पक्षको बैठक आज बेलुका फेरि बस्ने बताइएको छ ।












