२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहीबार, पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै हेर्नुहोस् तपाईको भाग्य र भविष्य



अ+ अ-

वि.सं.२०७६ साल ज्येष्ठ २३ गते । बिहीबार । इस्वी सन् २०१९ जुन ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्ल पक्ष । तिथि तृतीया,१६ घडी १४ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पुनर्वसु,४३ घडी ४० पला,बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त तिष्य । योग वृद्धि,५१ घडी ३६ पला,रातको ०१ बजेर ४८ मिनेट उप्रान्त ध्रुव । करण गर,बिहान ११ बजेर ३९ मिनेट वणिज,बेलुकी १० बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सिद्धि योग । चन्द्र राशि मिथुन,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त कर्कट । महाराज छत्रशाली जन्मजयन्ती– कृष्ण प्रणामी। काठमाडौँमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २५ पला ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । साझपख समय मध्ययम रहेकोले सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला मान सम्मानमा दाग लाग्न सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । साझपख छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ । साझपख समय राम्रो रहेकोले लेखनकला तथा साहित्यमा रुचि बढ्ने तथा लेखैरै आफ्ना भावनाहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । साझपख समय मध्यमय रहेकोले खानपानमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा अग्रजहरू सँग विवाद सृजन हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले स्वदेशी तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानीहुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानीगर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानीहुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आउने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । साझपख समय राम्रो रहेकोले व्यापार तथा जागिरबाट धनसम्पति कमाउन सकिनेछ । बुवा तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैयाँ पैसा लिएर फरार हुन सक्छन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरीरमा थकाईको महसुस हुनेछ । साझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने पढाई लेखाइमा सुधार भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुनेछ भने विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । नोकरि पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । साझपख समय मध्ययम रहेकोले माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । साझपख समय राम्रो रहेकोले विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षसँग व्यापार गरी आम्दानी बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामान्य घटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने योग रहेको छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ ।