२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथमा दुर्घटना बढेपछि यस्तो ल्याइयो नयाँ नियम



अ+ अ-

काठमाडौं । नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ ।

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९।९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

सडकको मुख्य भाग (मेन लेनमार्ग) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस (सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०÷९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।