२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुरामै सिमित यातायातको सिण्डिकेट हटाउने कुरो ? ५ दर्जन समिति मात्रै कम्पनीमा गए



अ+ अ-
OLYMPUS DIGITAL CAMERA

काठमाडौं । यातायात व्यवसायी महासंघले कम्पनीमा जान ह्वीप जारी गरेको १० दिनमा करिब ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता भएका छन्।

कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार रवीन्द्र आचार्यले शनिबार दिएको जानकारीअनुसार करिब ५ दर्जन व्यवसायी मात्रै कम्पनीमा दर्ता भएका छन्। ‘हामीले राति १२ बजेसम्म पनि काम गर्ने भनेको छौं। हालसम्म ५ दर्जनको हाराहारीमा यातायात समितिहरु कम्पनीमा दर्ता भएका छन्’, उनले भने, ‘रातिसम्म उहाँहरुले चासो देखाउनु भयो र कागजात तयार गरेर आउनु भयो भने अझैं १०/१२ वटासम्म दर्ता गर्न सक्छौं।’

शनिबार बिदाको दिन पनि सबै कर्मचारी आएर काम गरिरहेको बताउँदै उनले व्यवसायीकै ढिलाइका कारण धेरै समिति कम्पनीमा दर्ता नभएको बताए। ‘यातायात कार्यालयबाट आएको सिफारिसका आधारमा हामीले सहज र सरल तरिकाले दर्ता गरेका छौं। तर उहाँहरुको एउटै कम्पनीमा हजारौं शेयर सदस्य हुने, सबै जम्मा हुन पनि समय लाग्ने, कागजात लगायत प्रक्रिया पुर्याउनै समय लाग्ने भएकोले धेरै समिति दर्ता हुन सकेनन्।’ उनले भने, प्रक्रिया पुर्याएर आएका जति कसैलाई पनि हामीले फिर्ता पठाएका छैनौं।’ राति १२ बजेसम्म प्रक्रियामा आएका समितिहरुलाई आइतबार तीन बजेसम्म दर्ता गरिने उनले जानकारी दिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।