२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको हाहाकार भएपछि बसाइँ सर्न बाध्य



अ+ अ-

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् ।

खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।