२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ लेन सडक निर्माणमा चरम लापरबाही



अ+ अ-

काठमाडौं । धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ । ठेक्का सम्झौताअनुसार निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ ।

सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टका कारण दुर्घटना हुने दर बढेको छ । सडक धुलाम्य हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । धुलोले व्यवसायी, स्थानीय तथा यात्रु विभिन्न रोगको संक्रमणमा समेत पर्ने गरेका छन्।

‘आयोजना र ठेकेदारको चरम लापरबाहीका कारण निर्माणको काम समयमा सम्पन्न नहुँदा हामी सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ,’ धनगढी वोराडाँडीका हेमराज पाण्डेले भनेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।