२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काफलवाली सम्मानित, काफल बेचेर ७५ हजार



अ+ अ-

काठमाडौं । कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री ।

अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारिन् । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’

नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताइन् । उनले भनिन्, ‘पहिलापहिला त लाज पनि लाग्थ्यो । लाज मानेर के गरुँ ? पैसो र पढाइ सम्झन्थें । पछि बानी पर्यो । अहिले खुसी छु ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।