२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको उद्घाटन नै नगरी प्रधानमन्त्री किन फर्कीए, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलले एउटा विवादास्पद होटलको उद्घाटन गर्न अस्वीकार गरेका छन्। साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् ।

प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थलमा उत्रिएका थिए। त्यसपछि उनी सीधै लेकसाइडस्थित होटल स्विस इन्टरनेसनल पुगेका थिए। तर, मापदण्डविपरीत बनेको होटल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन्।

प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए। प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे। त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको श्रोतले बतायो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।