२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैलँदै नयाँ रोगको सन्त्रास, जोखिम न्यूनीकरणमा सरकार उदासीन



अ+ अ-

काठमाडौं । नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको छ । पछिल्लो १५ वर्षको अवधिमा नेपालमा चार प्रकृतिका नयाँ रोगको प्रकोप बढ्दै गएको हो । नयाँ रोगको जोखिम बढेसँगै सर्वसाधरणमा त्रास बढ्न पुगेको छ ।

प्रकोप बढ्नेमा चिकेनगुनिया, स्क्रब टाइफस, डेंगु र बर्डफ्लु रहेका छन् । यी रोगबाट झन्डै २ हजार ५ सय नागरिक प्रभावित भएको ईपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती रोगको प्रकोप बढ्दै गए पनि सरकारले यसको नियन्त्रणमा खासै चासो देखाएको छैन । चिकित्सकका अनुसार ती रोग अत्यन्तै जोखिम प्रकृतिका छन् । मानिसको आवतजावत, मौसम परिवर्तनका कारण यस्ता रोग फैलँदै गएको महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । उनले भने, ‘मौसम परिवर्तनकै कारण तराईमा देखिने रोग उच्च पहाडमा देखिन थालेका छन्, मानिसको आवतजावतले पनि यस्ता रोग भित्रिने गरेका छन् ।’

महाशाखाको पछिल्लो तथ्यांकनुसार डेंगुबाट २ हजार १११, स्क्रब टाइफसबाट ३ सय र चिकेनगुनियाबाट १२ जना प्रभावित भएका छन् । ती रोग नियन्त्रणबाहिर छन् । केही रोगको खोज नै नहुँदा कति प्रभावित भए भन्ने आँकडासमेत आउन नसकेको बताइएको छ । त्यसैगरी, बर्डफ्लुसमेत मुलुकमा पटकपटक देखिने गरेको छ । पछिल्लो समय मुलुकमा फैलिएको बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको थियो । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।