२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महीनादेखी मेयर र उपमेयरको बोलचाल बन्द, मेयरको कक्षमा ताला लगाउने उपमेयरको चेतावनी



अ+ अ-

इलाम । इलाम नगरपालिकामा एउटै राजनैतिक दल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका मेयर र उपमेयर बीच चर्को बिबाद छ । मेयर महेश बस्नेत र उपमेयर सुशिला नेम्वाङ बीच करिब ६ महिना देखि नै बोलचाल बन्द छ । इलामनगरपालिकामा गएर उपमेयर आफ्नो कुर्सिमा नबसेको सात महिना बितेको छ ।

जनताको काम गर्न भनेर यसरी निर्वाचित भएका यहाँका मेयर र उपमेयर बीच नै बोलचाल बन्द भएपछि नगरबासिमै नैरश्यता छाएको छ । उपमेयर नेम्बाङले नगरप्रमुख महेश बस्नेतले आफ्नो क्षेत्राधिकार हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । मेयरले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै कार्यपालिका वैठक बहिस्कार गरि मौन आन्दोलन गर्दै आएको बताउनुभयो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।