काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएको जनाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिबेशनमा अध्यक्ष पदमा पराजित भएपछि नेता कमल थापाले पूर्ब राजा प्रति कडा आक्रोश पोख्दै उहाँलाई मेन्सन गर्दे सामाजिक संञ्जालमा बिभिन्न टिप्पणीहरु पोष्ट गर्नुभएको थियो ।
थापा लगायत केही नेताहरुले सामाजिक संञ्जालमा मेन्सन गर्दे पोष्ट गरेपछि पूर्बराजाको सम्बद सचिवालयले एक सूचना जारी गर्दे दृष्टिकोण सार्बजनिक गरेको हो ।
यो पनि पढ्नुहोस् – कमल थापाको आक्रोश: निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो
सम्वाद सचिवालयले जारी गरेको सुचना भनिएको छ ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामायिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखि बक्सनु स्वभाविक हो ।’
त्यस्तै पूर्वराजा शाहले कुनै किसिमको सामाजिक सञ्जाल प्रयोग नगरेको उल्लेख गर्दै जारी सूचनामा भनिएको छ, ‘तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।’
सचिवालले यसका साथै निराधार कपोल्कल्पित भ्रम जालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपु-याउन सबैमा अग्रहसमेत गरिएको छ । यसै गरी सचिवालयले पूर्व यूवराज्ञी हिमानी शाहले पनि ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाईएको छ ।
यो पनि पढ्नुहोस्
अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?
राजसंस्थालाई हेर्ने दृष्टिकोण, म नैतिक र धर्मसंकटमा परेको छु: कमल थापा












