२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच सम्झौता



अ+ अ-

काठमाडौँ । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत विक्रि वितरण हुने भएको छ । 

बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी विक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रवन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतासँगै अब दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाइन सपिङमा निःशुल्क डस्प्लेको सुविधा पाउनुका साथै त्यसका लागि आवश्यक प्रचार, दृश्य लगायतको सुविधा पाउने भएका छन् । हस्ताक्षर समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ को कारण साना तथा मझौला उद्योगको बजार सञ्जाल टुटेको र व्यापार व्यवसायमा गिरावट आएको बताउनुभयो । महासंघ र दराजबीचको सम्झौताले बजार सञ्जाललाई जोड्ने उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा साना उद्यमीहरुको उत्पादनलाई आक्रामक रुपमा पु¥याउन सके उद्यमीहरुलाई ठुलो राहत हुने उहाँको भनाई छ ।

कार्यक्रममा उपस्थित महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रामिण भेगमा उत्पादित सामग्रीहरु ग्राहकले खोजिरहेको अवस्था भएपनि बजारीकरणको माध्यम नहुँदा समस्या भएको बताउनुभयो । उहाँले महासंघ र दराजबीचको सम्झौतापश्चात रेशमी र घरेलु उद्यमद्वारा उत्पादित सामग्रीहरुको बजारीकरण हुने बताउनुभयो ।

दराज नेपालका प्रवन्ध निर्देशक लिनो अलरिङले यस सम्झौताबाट नेपालका अन्य क्षेत्रमा थप विक्रेताहरुलाई दराजमा भित्राउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दराज नेपाल साना तथा मझौला व्यवसायको सशक्तिकरणका लागि काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सम्झौता अनुसार २०२२ जनवरीदेखि २०२२ डिसेम्बर सम्म साना तथा मझौला उद्योगलाई कुनैपनि शुल्क नलाग्ने, ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने तथा दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्ने भएको छ । त्यस्तै महासंघले भने आफ्नो नेटवर्कमार्फत् साना तथा मझौला उद्योगको उत्पादनहरुलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने जनाइएको छ ।