२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको तलब वृद्धि, कुन तहका कर्मचारीले कती पाउने ?



अ+ अ-

काठमाडौं । सरकारले बजेटमार्फत कर्मचारीको तलवमा १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले हालको तलवमा कर्मचारीको तहअनुसार आधारभु्ूत तलबको १८ देखि २० प्रतिशत वृद्धिको घोषणा गरेका हुन् ।

सरकारले श्रेणीविहीन कार्यालय सहयोगीदेखि राजपत्र अनंकिततर्फका कर्मचारीलाई २० प्रतिशत र राजपत्रांकिततर्फका कर्मचारीको हकमा १८ प्रतिशतले तलव वृद्धि गर्ने घोषणा गरेको हो । यसरी बढेको तलवमान आगामी १ साउनदेखि लागु हुनेछ ।

बढेको तलवअनुसार कार्यालय सहयोगी, खरिदार र नायव सुब्बा तहका कर्मचारीले हालको तलव स्केलमा थप २० प्रतिशत पाउनेछन । शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीले हालकोे तलवमा १८ प्रतिशत वृद्धिसहितको तलव पाउनेछन ।

बढेको तलब अनुसार १८ हजार ३ सय ४० तलव र्लिरहेका कार्यालय सहयोगी अर्थात श्रेणीबिहिन कर्मचारीले अर्को आर्थिक बर्षको सुरुवातसँगै २२ हजार ८ रुपैँया तलब बुफ्नेछन । त्यस्तै २२ हजार १ सय ७० तलव लिँदै खाएका खरदारले अव २६ हजार ६ सय ४ रुपैँया र नायव सुव्वाले हाल २३ हजार ५ सय बुझ्दै आएकोमा अब २८ हजार २ सय पाउने राजधानी दैनिकमका समाचार प्रकाशित छ ।