२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ लाख बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ



अ+ अ-

काठमाडौं । बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।

वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बिमाबापतको रकम लिन चोरीको नाटक गरेकोे खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प(यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग(यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बिमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’

प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ ग¥यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।

डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग(यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’

प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बिमा लाइफ इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बिमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बिमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे । प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बिमाबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’, नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित छ ।