५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिशाले सलमानसँग अन्तिम हुनसक्ने बताएपछि खानले दिए यस्तो जवाफ



अ+ अ-

काठमाडौं । भारतीय अभिनेत्री दिशा पाटनीले फिल्म भारतमा पहिलो पटक सलमान खानसँग काम गरेकी छिन् । तर दिशाले सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम फिल्म हुनसक्ने बताएकी छिन् । एक अन्तरवार्तामा दिशा आफैंले यसबारे कुरा गरेकी हुन् ।

दिशाले भनिन्, ‘फिल्मका लागि निर्देशक अली अब्बसले मलाई फोन गरेर फिल्ममा मेरो भूमिका स्पेशल अपियरेन्सभन्दा बढी हुने जानकारी दिए । मैले उक्त भूमिकाका लागि हुन्छ भनिदिएँ किनभने यो भूमिका सलमानको अपोजिटमा थियो । मलाई यो फिल्मपछि सलमान खानसँग काम गर्न पाउँला नपाउँला भन्ने लाग्यो । अली सरले पनि स्क्रिप्ट सुनाउने बेला मलाई यही भनेका थिए ।’

उमेरको भिन्नताका कारण दिशाको यस्तो बयानः

जब उनलाई कि यस्तो लाग्छ भनेर सोधियो तब उनले भनिन्, ‘मेरो र सलमानको उमेरमा निकै ठूलो अन्तर छ । फिल्ममा सलमानलाई जवानको रुपमा पनि देखाइएको छ । यसै कारण मलाई उनको अपोजिटमा लिइएको हो । ’


दिशाको उक्त बयानपछि सलमान खानले पनि प्रतिक्रिया दिएका छन् । सलमानले एक अन्तरवार्तामा भने, ‘उनी कुन उमेर अन्तरको कुरा गरिरहेकी छिन् ? म अहिले पनि १७ वर्षकी नायिकासँग फिल्म खेलिरहेको छु ।’