५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मोटरसाइकल चोरी गर्दै हिड्ने ६ पक्राउ



अ+ अ-

भक्तपुर । भक्तपुर प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–६ घर भई हाल बौद्ध काठमाडौं बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका–५ घर भई बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका–३ का २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङ खोटेहाङ गाउँपालिका–९ घर भई त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ का २२ वर्षीय भिजन कार्की रहेका छन् ।

वास्तविक नम्बर फेर्दै नयाँ राख्दै
सूर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारीबाट विजय मानन्धर र प्रविन बरुवालको साथबाट वास्तविक नम्बर प्रदेश ३–००२–००४ प ६४७१ परिवर्तित नम्बर बा ९८ प ७३९४  बरामद भएको छ । 

महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौसँग समन्वय गरी बरुवालको डेरा कोठामा राखिएको वास्तविक नम्वर बा ९८ प ५५१३ परिवर्तित नम्बर प्रदेश ३–०२–००३ प ४३८६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग समन्वय गरी  प्रेम बहादुर कटवालले प्रयोग गर्दै आएको वास्तविक नम्बर प्रदेश नं. ३–०२–००१ प ७४७९ परिवर्तित नम्बर प्रदेश ३–०२–००२ प २६३८ बरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय उदयपुरपुर संग समन्वय गरी प्रतिवादी सुरेश राईले प्रयोग गर्दै आएको वास्तविक नम्बर ग १५ प १८९८  परिवर्तित नम्बर बा ९८ प ७९६३ बनाएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् । 

बा.८०.प. ४५४१ नं. को मोटरसाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ५ बाट नं. परिबर्तन गरी बा. ७८ प. ५१६६ नं. बनाई उमेश तामाङले चलाईरहेको अवस्थामा पक्राउ परेका छन् ।


बा.९५.प. ९३८६ नम्बरको मोटरसाईकल जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. ११ बाट उक्त मोटरसाईकलको नं. परिवर्तन गरी बा. ९९ प. ३३७४ बनाई भिजन कार्कीले चलाईरहेको अवस्थामा पक्राउ परेको हुन् । 


यसबारेमा थप अनुसन्धान कार्य भई रहेको र मोटरसाईकल चोरी गरी बिक्रीवितरण गर्ने अन्य फरार व्यक्तिको खोजतलास भईरहेको समेत प्रनाउ पोखरेलले बताए ।